अक्सिजन प्लान्ट र एचडियुका लागि अर्थ मन्त्रालयद्वारा १७ करोड ८७ लाख निकासा



काठमाडौं । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई एक करोड ५५ लाख, जिरी अस्पताललाई ८० लाख, बाजुरा अस्पताललाई ७५ लाख तथा बझाङ अस्पतालका लागि एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ ।

यसैगरी डोटी अस्पतालका निम्ति ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पताललाई ७५ लाख, खोटाङ अस्पताललाई ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका निम्ति ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका निम्ति एक करोड ५५ लाख प्रदान गरिएको छ ।

यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि दुई अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौँ । पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको शुक्रबार ‘ब्रेक

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको