सेवाग्राहीलाई विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह



काठमाडौं । नेपाल बैंकर्स संघले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ । संघको बिहीबारको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।”

यस्तै बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरनतर रहने संघले जनाएको छ । संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम पचास हजारभन्दा माथि मात्रै हुनेछ ।

यस्तै रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ । संघले घरबाटै कारोवार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।
बैंकबाट निश्चित सेवामात्र प्रवाह
न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।

सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । न्यूनतम ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्दै नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो । सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रियस्तरमा निर्यात हुने गरि योजना बनाउँछौंः उद्योगमन्त्री भण्डारी

  अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको