अर्थतन्त्रलाई लयमा राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रमलाई राष्ट्र बैंकले निरन्तरता दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई लयमा नै राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रम निरन्तर नै रहने बताएका छन् ।

केन्द्रीय बैंक ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनःरुत्थान गर्ने आफूहरु प्रयास निरन्तर नै रहने बताए ।

पछिल्लो एक वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड–१९ को नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनःरुत्थान गर्न र विषय परिस्थितिमा पनि बैंकिङ सेवा सुचारु राख्न सम्पादन भएका कामका साथै समष्टिगत आर्थिक अवस्था सकारात्मक रहेको उनको छ ।

“कोभिड–१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौदिैक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने छ”, गभर्नर अधिकारीले भने ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उनको भनाइ छ । उनले साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनःरुत्थानका लागि सहयोग जारी रहने बताए ।

त्यस्तै, वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने, विद्युतीय भुक्तानी माध्यममार्फत कारोवारको प्रवद्र्घन गर्ने र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौँ । पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको शुक्रबार ‘ब्रेक

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको