नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल पूर्वाधार बैंक २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक रु १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदासमेत आज विशाल बजार कम्पनीको शेयरमा ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था ९.९७, माछापुच्छ्रे« बैंकको ऋणपत्र पाँच, गुडविल फाइनान्स ३.७९, एसबिएल ऋणपत्रका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तैगरी, रिलायन्स फाइनान्स ८.०६, छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदीमर्दी हाइड्रोपावर ६.६७, नेशनल हाइड्रोपावर ६.४१, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.४०, नेपाल हाइड्रो डेभलपर ६.२७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१९ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

शेयर बजारमा झिनो अंकको वृद्धि

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा