तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी



वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।

वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा शुरुआत गरिएको छ । यसको विस्तार खोपेगल्ली हुँदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ ।

बैंकले नगद कारोवारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिए ।

यस क्युआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उनको दाबी छ ।

कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन् । हेटाँैडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ ।

पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ ।

यस प्रणाली नगदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

शेयर बजारमा झिनो अंकको वृद्धि

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा