विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो



काठमाडौं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो ।

सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए । उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्रवक्ता भट्टराईले बताए ।

अहिले मन्त्रालयले आवश्यक सबै कागजात तयार गरेर संस्थालाई उपलब्ध गराएको छ । सरकारले बस खरिद पुनः अघि बढाउन भनेसँगै संस्थाले पनि खरिद प्रक्रिया अघि बढाइएको छ । संस्थाले ४० बस खरिदका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक यातायातमा सरकारको प्रत्यक्ष लगानी नभए पनि सबैभन्दा बढी सरकारको सेयर रहेको संस्थाका रुपमा रहेको छ । सङ्घीय सरकार मात्रै होइन काठमाडौँ उपत्यकाका पालिकाले पनि संस्थाका सेयर खरिद गरेका छन् । संस्थाले ती पालिकासँगको सहकार्यमा सवारीसाधन सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने