तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइमा भूपाल आले निर्वाचित



दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार आले एकाइ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्ये ८३५ ले मतदानमा सहभागिता जनाएका थिए । आले २७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिए । अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले २२८, दधिराज घिमिरेले २०९ र विन्दु श्रेष्ठले १०३ मत प्राप्त गरेका छन् ।

यसैगरी एकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित भएका छन् । उनले ५४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी विजयराज पौडेलले १९५ मत प्राप्त गरेका छन् ।

एकाइ कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले २५८ मत प्राप्त गरे । प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले २३९, अन्जु दाहालले २०५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गरे ।

जिल्ला प्रतिनिधिमा महेश मल्ल ६०९, रमेश श्रेष्ठ ५४४, एकप्रसाद श्रेष्ठ ५४९, किशोर श्रेष्ठ ५३६ र प्रकाशचन्द्र हड्खले ५२६ मत प्राप्त गरी विजयी भएका छन् ।

एकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५), महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक