बजार पूँजीकरण जिडिपीको हाराहारीमा, बजार पूँजीकरण ३७ खर्ब



काठमाडौं । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । आज नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर छ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोवार भएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल पूर्वाधार बैंक २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक २४ करोड सात लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक १८ करोड १७ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यसैगरी एनआइसी एशिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यसैगरी, युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआइसी एशिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको