प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरण गरिँदै



तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई भरतपुरको सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नका लागि आयोजनाले जग्गा अधिग्रहण गरेको आयोजनाका सहायक निर्देशक भोला शर्माले जानकारी दिए ।

दमौलीबाट भरतपुरसम्मको दूरीमा पर्ने सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारणको लाइनमा जोड्न ट्रान्समिटर प्रसारण लाइनका लागि २२० केभीको विद्युत् उत्पादन गरिएको उनले बताए ।

आयोजनाले विभिन्न स्थानमा वनजङ्गल, जग्गालगायतका गरी उक्त जग्गा अधिग्रहण गरेको हो । उनले भने, “यसबाट प्रत्यक्ष प्रभावमा परेकालाई एक करोड ३१ लाख ३४ हजार ५१० रुपयाँ मुआब्जा वितरण गरिनेछ ।” उनका अनुसार कृषि सहायतास्वरूप ५९ जनालाई २५ हजारका दरले र करिब ५७ जनालाई जोखिमयुक्त बस्तीअनुरुप क्षतिपूर्ति सहयोग गरिने प्रावधान रहेको छ ।

जग्गा अधिग्रहणपश्चात् भरतपुरसम्मको प्रसारण लाइनको निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाका सहायक निर्देशक शर्माले बताए । विद्युत् टावर निर्माणको जग्गा अधिग्रहण गर्दा जिल्लाको व्यासनगरपालिका–१३ र १४ अन्तर्गत, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६ र देवघाट गाउँपालिकाको वडा नं ४ र ५ वडाका बासिन्दा प्रभावित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा गठित समितिले बुधबारदेखि मुआब्जा वितरण गर्ने तयारी थाले पनि गृह मन्त्रालयको निर्देशनपश्चात् वितरण कार्य रोकिएको छ । गृहमन्त्रालयले आयोजनाको नाममा जग्गा आएपछि मात्रै मुआब्जा वितरण गर्न निर्देशन दिएपछि मुआब्जा वितरण कार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय तनहुँका लेखापाल पदमबहादुर थापाले जानकारी दिए ।

मन्त्रलालयको निर्देशनअनुरूपमा शुरुमा जग्गाधनीको लगत कट्टापश्चात् मात्रै सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्ने व्यवस्था रहेको छ । सामुदायिक वनको लगत लिने र सामुदायिक वनले स्वीकृत दिनुपर्ने कार्य आयोजनाले यसअघि नै सम्पन्न गरिसकेको छ ।

आयोजना प्रभावित क्षेत्र

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालिएको छ । जिल्लाको साविकको झण्डै १८ वटा गाउँ विकास समिति प्रभावित हुने छन् । जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काँहुशिवपुर र व्यास नगरपालिका रहेका छन् ।

त्यसैगरी बाँध, विद्युत्गृह, पानी निष्कासन सुरुङ र स्वीच वार्ड काँहुशिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ वार्ड) काँहुशिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लो तटीय क्षेत्र काँहुशिवपुर, पोखरीभञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । उक्त आयोजनाको लम्बाइ १८ किलोमिटर रहनेछ । पानीले भरिँदा पानीको अधिकतम सतह समुद्र सतहबाट ४१५ मिटर रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको