नेप्सेमा ३२ अङ्कको सुधार



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ ।

कूल २०९ कम्पनीको एक करोड २२ लाख नौ हजार ९२६ कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपश्चात बजार पूँजीकरण ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख ५० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २९.७ र उत्पादन ०.२२ ले ओरालो लागेको छ । बैंकिङ ८.६८, होटल र पर्यटन ११२.९, विकास बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्त २.३३, निर्जीवन बीमा ३९८.३२, अन्य १०.५१, लघुवित्त १४९.६८, जीवन बीमा १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ९४ हजार २७१ बराबरको कारोवार भयो ।

यस्तै निर्धन उत्थान लघुवित्त ४३ करोड ६९ लाख २७ हजार ९९९, एनएलजी इन्स्युरेन्स ३३ करोड १६ लाख ५० हजार ७०३, माथिल्लो तामाकोशी २८ करोड ९७ लाख १७ हजार ९३५, एचआइडिसिएल २८ करोड १६ लाख, चन्द्रागिरि हिल्स १६ करोड २३ लाख १३ हजार ७५५, छिमेक लघुवित्त विकास बैंक १५ करोड ३० लाख ३९ हजार ८१२, नबिल बैंक रु ११ करोड ९८ लाख २२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्स ११ करोड ४८ लाख २८ हजार २४५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोवारका आधारमा बोमी लघुवित्तका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । सानिमा जनरल इन्स्योरेन्स ९.९७, जनरल इन्स्योरेन्स ९.९४, अजोड इन्स्योरेन्स ९.९२, समिट लघुवित्त वित्तीय संस्था ९.५६, स्वाभिमान लघुवित्त ९.४७, प्रभु लाइफ इन्स्योरेन्स ८.६१, माथिल्लो तामाकोशी ८.३८, एचआइसिएल ८ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.९१ प्रतिशतले कमाए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.३३, नेपाल पूर्वाधार बैंक २.३१, एनआइसि एशियाको ऋणपत्र १.९८, रिडी हाइड्रोपावर १.९१, पाँचथर पावर कम्पनी १.७५, गुडविल फाइनान्स १.५६, प्रोगेसिभ फाइनान्स १.२५ र तारागाँउ रिजेन्सी होटलका शेयरधनीले १.२३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको