नेप्सेमा पाँच अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २४.५२, वित्त ५.२ र लघुवित्त ४४.५ अङ्ले बढ्दा बैंकिङ ६.७२, व्यापार २१२.८३, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, उत्पादन २०.१८, अन्य १९.२१, जीवन बीमा ३०.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.०६ बिन्दुले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा सोमबार नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४४ करोड ३१ लाख ६५ हजार २६३ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी  ३८ करोड ७७ लाख ९० हजार ९१, चन्द्रागिरि हिल्स  ३७ करोड सात लाख ७६ हजार ४९०, नेपाल बङ्गलादेश बैंक  १४ करोड ६९ लाख ४९ हजार २६३, एचआइडिसिएल १२ करोड ८९ लाख ३५ हजार ७९, हिमालयन डिस्टिलरी नौ करोड ५२ लाख ५३ हजार १६०, अजोड इन्स्योरेन्स आठ करोड ९५ लाख ६७ हजार ६६०, नेपाल पुर्नबीमा कम्पनी आठ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्स सात करोड ३४ लाख ८२ हजार ६३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । अजोड इन्स्योरेन्स ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३, रिडी हाइड्रोपावर ७.१८, सारथी नेपाल लघुवित्त ६.९९, बोमी लघुवित्त ५.९६, युनाइटेड इदी ममर्दी हाइड्रोपावर ५.६३, हिमालयन ऊर्जा विकास कम्पनी ५.४५ र लक्षमी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाए ।

यस्तै, चन्द्रागिरि हिल्स ७.१७, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ४.८७, कालिका पावर ४.२८, एनएमबीका लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको