निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण बनाउन महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन् । महासङ्घ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै उनले आफूहरुको मुख्य नारा नै ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल’ रहेकाले सिङ्गो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए ।

महासङ्घको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधनमा उनले वस्तुगत सङ्घहरू महासङ्घको “ब्रेन” को रुपमा रहेको उल्लेख गरे । महासङ्घ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत सङ्घहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

महासङ्घको दीर्धकालीन सोचका लक्ष्य यही चैत्र २८ गते सार्वजनिक गरिने र लक्ष्य दिएका सुझावको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी उनले दिए ।

निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनले बताए । परिषद्का सभापति अञ्जन श्रेष्ठले सबै वस्तुगत सङ्घका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत सङ्कलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

परिषद्को पहिलो बैठकबाट परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषिलगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको