ज्योति लाइफको आइपिओ बाँडफाँट, १२ लाख ४८ हजारको हात खाली
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले शुक्रबार आइपिओ बाँडफाँट गरेको हो । बाँडफाँटमा ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।
आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए । जसमध्ये १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएका बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । रद्द भएकासहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ ।