तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा ८५ हजार ६०० रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार भने तोलामा ८६ हजार २०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले उकालो लागेको छ । एक हजार २५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।