‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु



काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुवात गरेका हुन् ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए ।

उनले कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उल्लेख गरे । निजी क्षेत्रले शुरु गरेको भए पनि यो अभियान सरकारको नै अभियान भएकाले यसलाई सफल बनाउन नीतिगत एवम् कानूनीरुपमा के कस्ता सहयोग गर्न सकिन्छ, त्यसका लागि सरकार तयार रहेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसङ्घ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताए । उनका अनुसार परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ । परिसङ्घको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । यस्तै आगामी पाँच वर्षमा झण्डै पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसङ्घका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी