कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणका लागि सबै पक्षसँग छलफल गर्छौँः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को प्रथम वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड महामारीबाट परेको प्रभावलाई न्यून गर्दै अन्य राष्ट्रिय अभिभारा पूरा गर्दै सरकार आफ्नो काममा दत्तचित्त भएर लागिपरेको उल्लेख गरेका हुन् ।

उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ । साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ ।”

अर्थमन्त्रीले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णयलाई थप विस्तार गरिएका, होटल तथा हवाई क्षेत्रलाई समेत समावेश गरिएको जानकारी दिए ।

सरकारको समृद्धिको अभियानमा बैंक तथा वित्तीय संस्था, उद्योग सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै अर्थमन्त्रीले यी सबै क्षेत्रको मनोबललाई उठाएर सँगै लैजान आफूहरू लागिपरेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले क्यालेण्डर बनाएर काम गरेजस्तै सरकारले पनि सोहीअनुसारको व्यवहार र काम गर्न सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडका कारण समस्यामा परेका लघु, साना तथा मझौला उद्योगका लागि थप राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा महासङ्घले दिएका सुझावअनुसारका केही कार्यक्रम आएकाले केही राहत मिलेको भए पनि लघु, साना तथा मझौला उद्योगको हकमा कम भएको उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको व्याजदर एकल अङ्कमा रहने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले १० वर्ष अवधि पूरा भएपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने व्यवस्थालाई सरलीकृत गर्न माग गरे । उनले सरकारको नीतिअनुसार नै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन आफूहरू लागिपरेको बताए ।

प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको जानकारी दिइयो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र विकास बैंकहरूको तर्फबाट उपाध्यक्षमा राजेश उपाध्याय छन् । महासचिवमा केशवबहादुर रायामाझी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया छन् । यस्तै सदस्यमा पृथ्बीबहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान छानिनुभएको सिबिफिनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य