तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो । यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँमूल्य निर्धारण भएको छ ।