तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन बुधबार भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने एक हजार ३४५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको कोदोको बिस्कुट लोकप्रिय बन्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको

बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई

नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रियस्तरमा निर्यात हुने गरि योजना बनाउँछौंः उद्योगमन्त्री भण्डारी

  अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका