ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै



काठमाडौं । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आइपिओ) बिक्रीको स्वीकृति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ । पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ ।

पछिल्लो विवरणअनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् । यस्तै अनलाइन कारोवारका लागि नेप्सको टिएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ । पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा झिनो अंकको वृद्धि

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री