लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु



काठमाडौं । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले दुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ । कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ ।

कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।

जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो…

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको

सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं ।  सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र