नेपाल टेलिकमले यसै आर्थिक वर्षदेखि फाइभजी सेवा सुरू गर्ने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकम तत्काल फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

दूरसञ्चार क्षेत्रमा छुट्टै पूर्वाधार कम्पनि वनाएर अघि वढ्ने घोषणा गर्दै उनले भने, ‘नेपाल टेलिकमले यसै आर्थिक वर्षदेखि फाइभजी सेवा पनि सुरू गर्नेछ ।’

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारिता समीक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने उनको भनाई थियो । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहीन नबनाउन उनले आग्रह गरे । मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनलाई गृहमन्त्रीको आश्वासनः नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई

भीम रावल भन्छन्-बालेन साहसँग सहकार्यका विषयमा खुला छु

धनगढी । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रहितमा काम गर्ने जोसुकैसँग

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक