जलयात्राका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने नाराको निर्णय



काठमाडौं । नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज् (नाराले) जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ ।

नाराको आइतबार सम्पन्न ३२ औँ साधारण सभाले कोभिड–१९ का कारण थला परेको जलयात्रा व्यवसायलाई पहिलेको अवस्थामा लैजानका लागि व्यवसायीबीच आपसी समझदारी कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले जलयात्रासम्बन्धी आचारसंहिता निर्माण गरी लागू गर्ने, जलयात्रा व्यवसायी र कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने, अवैधरुपमा सञ्चालित जलयात्रा व्यवसायलाई निरुत्साहित गर्ने निर्णय गरेको नाराका महासचिव शिशिर खनालले जानकारी दिए ।

यस्तै, जलयात्रा व्यवसायीको प्रवद्र्धनका लागि प्रभावकारी बजारीकरण गर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत पूर्ण कर्जाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, विद्यमान विमा नीतिमा जलयात्रा व्यवसाय सुहाउँदो नीति निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले विद्यमान परिस्थितिलाई मध्यनजर गरी न्यूनतम जलयात्रा दररेट निर्धारण गर्ने, ह्वाइट वाटर नेपाल वुकमा रहेका नदी खोल्न प्रयत्न गर्ने निर्णयसमेत गरेको महासचिव खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन