देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता



काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शनिबार महासङ्घको प्रथम वार्षिकोत्सवमा संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले आगामी तीन वर्षभित्रमा निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै राष्ट्रको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने रणनीति प्रस्तुत गरे । उनले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनबाट नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने बताउँदै सम्बद्ध सरकारी निकायलाई त्यसदिशामा क्रियाशील रहन आग्रह गरे ।

निर्यात व्यवसायमा संलग्न १९ वटा साझा संस्थाको सामूहिक मञ्च महासङ्ले निर्यात प्रवद्र्धनका निम्ति एकद्वार प्रणाली, वित्तीय सहयोग, रुग्ण उद्योगको संरक्षणलगायत विषयमा सघाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन

उर्जा उत्पादकलाई प्रधानमन्त्रीको आग्रहः तपाईंहरु लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग