‘टि प्लस टु’ दुई साताभित्र कार्यान्वयनमा आउने



काठमाडौं । सीडीएससीले दुई साताभित्र ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ । सम्भवत अर्को आइतबारदेखि ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउनका लागि सीडीएससीले सिस्टम अपडेटदेखि सरोकारवालासँग छलफल समेत शुरु गरेको छ ।

यसको लागि सीडीएससीले शुक्रबार ब्रोकरहरुसँग छलफल गर्ने जनाएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यका अनुसार यो काम ब्रोकर कम्पनीहरुसँग बढी सरोकार राख्ने भएकाले उनीहरुसँग शुक्रबार छलफल गर्न लागिएको हो ।

‘टि प्लस टू’ कार्यान्वयनका लागि ब्रोकर एशोसिएसनका अधिकारीहरुसँग छलफल गर्ने र कसरी अघि बढने भनेर निर्णयमा जाने उनको भनाइ छ । सीडीएससीलाई बोर्डले कम्तीमा एक साताभित्र यो कार्यान्वयन गरिसक्नु भनेको छ ।

सीडीएससीले पनि अर्को देखि यो कार्यान्वयनमा आउने गरी काम शुरु गरेको आचार्यको भनाइ छ । बोर्डको निर्देशन अनुसार छिट्टै कार्यान्वयनमा आउनुपर्ने भएकाले ब्रोकरहरुसँग बसेर छलफल गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डले ‘टि प्लस टू’ कार्यान्वयनका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली–२०६९ लाई संशोधान गरेर यसलाई कार्यान्वयनमा ल्याउने सीडीएससीलाई जिम्मा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

  काठमाडौँ ।  राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोसो दिन सोमबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी