इन्फ्रास्ट्रक्चर बैंकको आईपीओका लागि १५ लाख ३० हजारको आवेदन



काठमाडौं । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । आवेदकहरुको संख्या हेर्दा प्रति आवेदन ५० कित्ताको हाराहारीमा सेयर पर्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको