कोभिडका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत सञ्चालनमा



काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ ।

केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मकरूपमा सुधार देखिएको हो ।

यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो ।

सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ ।

अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गर्दा कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै सञ्चालनमा थियो । पछिल्लो अध्ययनमा भने ५०.५१ प्रतिशत पुगेको छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

यस्तै कृषि वन तथा मत्स्यपालनमा गत असारमा सञ्चालनको अवस्था ५८.०८ प्रतिशत रहेकामा गत मङ्सिरमा आइपुग्दा ७१.९७ प्रतिशत पुगेको छ । खानीतर्फ गत असारमा ४० प्रतिशत रहेकामा मङ्सिरमा ५२.५० पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको छ । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ । निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेष्टुरेन्ट १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।

सञ्चारतर्फ ४२.२७, रियलस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप ४६.४३, शिक्षा ३७.५८, स्वास्थ्य तथा सामाजिक कार्य ५२ र अन्य क्षेत्र क्रमशः ४४ प्रतिशत सञ्चालनमा आएको केन्द्रीय बैंकले जनाएको छ । गत असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन तथा कारोवारको अवस्थामा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोवार रहेकामा मङ्सिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

म्याग्दीमा मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै

गलेश्वर । म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने