कालिमाटी तरकारी तथा फलफूल बजारमा सामान खरिदका लागि अब नगद लैजानु नपर्ने



काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताइ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकलेसूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।

अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवामार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफूल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

कर्णालीमा चालु आर्थिक वर्षको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

  कर्णाली । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

  पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा  एक खर्बभन्दा बढी

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६