आजदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल संचालन



काठमाडौं । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत् सहुलियत पसल संचालन गरेको हो ।

उपत्यकामा बिभिन्न ५ स्थान थापाथली, रामशाहपथ, ललितपुरको प्रयागपोखरी, लगनखेल र भक्तपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको कम्पनीका बाग्मती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढाथोकीले जानकारी दिए ।

सहुलियत पसलमा चामलमा प्रतिकिलो ५ र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । त्यस्तै उनले दशैंका लागि खसीबोका ल्याउनका लागि प्रक्रिया सुरु गरिरहेको भन्दै घटस्थापनाको केही दिन अघि खसीबोका ल्याइ बिक्रीबितरण गरिने बताए । सुपथ मूल्य अनुसार र नुन प्रतिकिलो १८ रुपैयाँका दरले एउटा परिवारलाई ४ किलो मात्रै खरिद गर्न मिल्ने व्यवस्था गरिएको छ ।

त्यस्तै चिनी ७० रुपैयाँ प्रतिकेजीका दरले प्रति परिवार ४ केजीका दरले खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै घ्युको मूल्य सकारले ८ सय ७० रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ । दालमा प्रतिकेजी ५ रुपैयाँ, फाँपर, तितेफापर, केराउमा प्रतिकेजी ५ रुपैयाँका दरले छुट दिइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया