पर्यटन दिवसमा पर्यटन मजदूरहरुद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाई राज्यले उपेक्षा गरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपबाट समितिले विरोध र्याली निकालेको हो । अहिलको अवस्थामा पर्यटन व्यवसायी मजदूरहरुको अधिकार अस्तित्व सुरक्षित गर्नलाई एकतावद्ध भएर सर्घष गर्नुपर्नेको समितिले जनाएको छ ।

लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएकाले पर्यटन दिवसको दिनलाई कालो दिनको रुपमा मनाउन विरोध प्रदर्शन गरिएको सर्घष समितिका संयोजक प्रकाश राईले बताए ।

आफूहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उनले बताए । गत वर्षको चैत महिना यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प भएको थियो । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको संघर्ष समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो