चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन अनुसन्धान गर्न परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बीच चिया तथा कफी क्षेत्रको विकासका लागि संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने समझदारी भएको छ ।

कृषि मन्त्रालयमा आइतबार परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बोर्ड र परिषद्ले नेपाली माटो तथा हावापानी सुहाउदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्यहरुले गर्नेछन् ।

चिया तथा कफीको अनुसँधान तथा बिकासका लागि प्रयोगशाला निर्माण तथा आवश्यक पूर्वाधार तयार गर्ने, अनुसन्धानका निष्कर्षहरुको प्रसार कार्य आदिको संयुक्त रुपमा खोजी गरि कार्यान्वयन र सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ । कार्यक्रममा कृषि मन्त्री घनश्याम भुषालले आफु पपुलिष्ट बन्नका लागि काम नगर्न सुझाव दिए । उनले वास्तबिक अनुसन्धान र समस्या पहिचान गर्नमा केन्द्रित हुन निर्देशन दिए ।

मन्त्री भूषालले सार्वजनिक कृषिमा सहकारी र निजी क्षेत्रले तय गरेको लक्ष्यहरुलाई पूरा गर्न सवै एकतावद्ध भएर लाग्नुपर्ने धारणा राखे । सम्झौताको उद्देश्य अनुरुप कार्य गर्न दुबै पक्षले आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम र बजेटको सिमाभित्र री आवश्यक प्रारम्भीक अध्ययन अनुसन्धानमक कार्यहरु गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको

घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका मजदुर

तनहुँ । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग