फेरि बढ्यो सुनको मूल्य, तोलाको एक लाख ४ सय रुपैयाँ



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ मगलबार फेरि बढेको छ । गत साता तोलाको एक लाख नाघेर क्रमिक ओरालो लागेको सुनको मूल्य मंगलबार तोलामा एकैदिन २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा सोमबारसम्म ४०० रूपैयाँ घटिसकेको थियो। गतसाता तोलाको १ लाख २ हजार ६०० रुपैयाँसम्म पुगेको थियो।

यसैगरी चाँदी पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढेर मंगलबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँ भएको छ । सोमबार चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्रीको आग्रह

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले

बाख्रा पालेर वार्षिक पाँच लाख भन्दाबढी आम्दानी

दाङ ।  दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक पाँच

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय