महासंघको साधारणसभाको मिति तय गर्न समिति गठन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न ६ सदस्य रहेको समिति गठन गरेको छ । त्यस्तै साउन २६ र २७ गतेका लागि तय भएको निर्वाचन सार्ने निर्णयलाई पनि अनुमोदन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएटको तर्फबाट दुईदुई जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको जानकारी दिए । समितिले १५ दिन भित्र साधारणसभाको मिति र मोडालिटी तयार गरी महासंघको पदाधिकारी समितिमा पेश गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात