महालक्ष्मी इन्स्यारेन्सका ग्राहकले डिजिटल बीमा प्रिमियम तिर्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बीमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेल पे मा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ ।

यसका लागि सेल पेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरि महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राख्नु पर्ने हुन्छ । त्यस पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन क्लिक गरी र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने छ । साथै, आफ्नो सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’

मकवानपुर । बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय

दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

काठमाडौं। लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु

अमेरिकी डलरको मूल्य बढ्दा अरुको कति ?

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को