मुलुकमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने गरि भण्डारण क्षमता बढाइने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चाँडै बालाजु र भक्तपुर औद्योगिक क्षेत्रका उद्योग कारखानाहरु स्थानान्तरण हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री भट्टले सरकारले आवश्यक अध्ययन गरिरहेको र चाँडै स्थानान्तरणको टुंगो लगाइने बताएका हुन् ।

उपत्यकाको अवस्थालाई हेरेर यहाँ संचालित उद्योगधन्दालाई बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । सरकारी र निजी दुवै क्षेत्रबाट संचालित भएर रुग्ण बनेका उद्योगहरूबारे अध्ययन गरी त्यस्ता उद्योग फेरि संचालनमा गुरुयोजना बन्ने क्रममा रहेको पनि उनले बताए । उनले मुलुकमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने गरि भण्डारण क्षमता बढाइने जानकारी दिए ।

बजार अनुगमनलाई थप प्रभाकारी बनाइ उपभोक्ताको अधिकार स्थापित गरिने उनले बताए । उनले किसानले उत्पादन गर्ने बालिको उचित मुल्य तोक्ने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी