अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउँछः पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र पुनरुत्थान गर्नको लागि सरकारले साढे एक खर्ब रुपैयाँ बराबरको राहतको व्यवस्था गरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदैं मन्त्री भट्टराईले अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउने बताए । त्यस्तै उनले आगामी आर्थिक बर्षमा बिमानस्थल निर्माण र सुधारले तीव्रता पाउने बताए । वायु सेवा निगम सुधारका लागि साझेदार खोज्ने विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।
.