सुन प्रतितोला करिव दश हजार रुपैयाँले महंगियो, प्रतितोला ८७ हजार रुपैयाँ



काठमाडौं । लकडाउनका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट सुरु भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ भने तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ कायम भएको छ । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो ।

लकडाउनपछि सुनको मूूल्य प्रतितोला करिब १० हजार रुपैयाँले बढेको छ । सरकारले बजेटमार्फत भन्सार दर बढाएपछि सुन महंगिएको हो । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबार चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी