आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ । त्यस्तै उहाले आगामी बर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको बताए । मूल्य बृद्धिको लक्ष्य चालु भन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरिएको छ । उनले लघु घरेलु तथा साना उद्योगीहरुको करलाई कारोवारहेरी छुट दिने व्यवस्था गरिएको बताए ।

बजेटमा सरकारले कृषि यन्त्र उपकरण र बिउ पैठारी गर्दा लाग्ने भन्सार कर घटाएको छ । यस्तै आउँदो आर्थिक वर्षदेखि औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको भन्सार महसुल घट्ने भएको छ । चुरोट, एलपी ग्यासलगायतका आयातमा भने कर बढाइएको छ । यस्तै वन पैदावार शुल्क खारेज भएको छ । फर्निचर पैठारीमा अन्तःशुल्क लाग्ने भएको छ । गाउँपालिकामा सञ्चालन हुने सहकारीको आयकर छुट दिने पनि सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको