मेलम्ची आयोजनालाई ५ अर्ब ४६ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट उक्त आयोजनाका लागि विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजनालाई रणनीतिक महत्वको आयोजनाका रुपमा समेत हेरिने गरेको छ । उनले जलविद्युत आयोजनलाई निर्माणलाई आगामी आर्थिक बर्ष पनि तिव्रता दिने जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षमा केन्द्रीय प्रणालीमा १३ सय मेगावाट विद्युत् थपिने बताए । यस्तै, माथिल्लो अरुण, किमाथांका अरुण, तामाकोसी–५, चेनपुर सेती लगायत आयोजना जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अगाडि बढाइने बजेटमा उल्लेख छ । उनले काठमाडौंबाट सुरू भएको विद्युतीय तार भूमिगत कार्यलाई निरन्तरता दिने बताए । खतिवडाले आगामी वर्ष भक्तपुर, ललितपुर, चितवनमा लगायतका ठूला सहरमा विद्युतीय तार भूमिगत गरिने लगायत ठूला सहरमा विस्तार गरिने बताए ।

गरीब र विपन्न परिवारले विद्युत जडान गर्दा निःशुल्क कनेक्शन व्यवस्था मिलाइदिने अर्थमन्त्री खतिवडाले बताए । खतिवडाले देशका सबै परिवार लागि ऊर्जा कार्यान्वयनमा ल्याउन यस्तो योजना ल्याएको बताए । यसका साथै उनले आगामी दुई वर्षभित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउँदै उज्यालो नेपालको अभियान सम्पन्न गरिने सरकारले लक्ष्य लिएको उनले बताए ।

त्यस्तै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताए । मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए । तीनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए । तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय

सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्