कोरोनाका कारण अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने एडीबीको प्रक्षेपण



काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण एडीबी आफैँले अघिल्लो महिना गरेको प्रक्षेपणको तुलनामा दुई गुणाभन्दा पनि बढी हो । कोभिड–१९ महामारीको अर्थतन्त्रमा पर्ने सम्भाव्य असरको अद्यावधिक नामक प्रतिवेदन एडीबीको मुख्यालय मनिलाबाट जारी गर्दै उक्त नयाँ प्रक्षेपण गरिएको हो । प्रतिवेदनमा न्यूनतम ५८ खर्बदेखि अधिकतम ८८ खर्ब डलरको नोक्सान हुने जनाइएको छ ।

अहिले गरिएको प्रक्षेपण कोभिड–१९ को आर्थिक असर तीन महिना र छ महिना रहने अनुमान गर्दै विश्वको समग्र आर्थिक उत्पादनको बढीमा ६.५ प्रतिशतबाट ९.७ प्रतिशतसम्म हो ।

प्रतिवेदनअनुसार एसिया तथा प्रशान्त क्षेत्रले तीन महिनाको अल्पकालीन अवस्था रहे १७ खर्बदेखि २५ खर्ब डलरसम्म र चीनले ११ खर्बदेखि १६ खर्ब डलरसम्मको क्षति बेहोर्ने छ ।

एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकि सावाडाले यस प्रतिवेदनले विश्व अर्थतन्त्रमा महामारीले पार्ने असरको तस्बिर देखाएको बताएका छन् । साथै यसले अर्थतन्त्रमा यसको प्रभाव कम गर्न आवश्यक नीतिको महत्व पनि दर्शाएको उनले बताए । प्रतिवेदनमा आर्थिक असर कम गर्नका लागि सरकारहरूले ल्याउने सहायता उपयोगी हुने जनाएको छ । त्यससले ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म असर कम गर्नसक्ने र त्यसको रकम ४१ खर्ब देखि ५४ खर्ब रहने अनुमान एडीबीको छ ।

अहिले विश्वभर आर्थिक सङ्कट सिर्जना हुने आशङ्कामा विश्वभरका केन्द्रीय बैङ्कले आक्रामक रूपमा ब्याजदर कटौती गरिरहेका छन् । साथै अत्यधिक राहतको प्याकेज ल्याउने क्रम पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन