फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन गर्ने घोषणा गरेकी हुन् ।

चालू आर्थिक वर्षको कूल बजेटमध्ये झण्डै दुई तिहाई बजेट चालू खर्चका लागि विनियोजन हुँदै आएको छ । सरकारले आगामी आर्थिक वर्षमा खर्चको स्रोत व्यवस्थापनमा आन्तरिक पूँजीको प्रयोग बढी गर्ने घोषणा समेत गरेको छ । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ । यस्तै कृषि उत्पादन र बजारीकरणमा आधुनिकिकरण गर्ने उनले बताइन् । कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको उनले बताइन् ।

उनले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताइन् । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन् गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलाको दुई हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली (तनहुँ) । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण