आर्थिक वृद्धिदर २.२७ प्रतिशत प्रक्षेपण



काठमाडौँ । केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

विभागले होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र कहिले सुचारु हुन्छन् भन्ने अनुमान गर्न नसकिए पनि अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको जनाएको छ ।यो वर्ष सरकारले ८.५ प्रतिशतल आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण यो लक्ष्य हासिल नहुने विश्लेषण सरकारले गरिसकेको छ ।

अन्तर्राष्ट्रिय दातृ निकायले यो गरेको अनुमानअनुसार नै विभागको प्रक्षेपण सार्वजनिक भएको हो । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको थियो । यो वर्ष खानी तथा उत्खनन्, उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण क्षेत्र ऋणात्मक हुने विभागको अनुमान छ ।

त्यस्तै नेपालीको प्रतिव्यक्ति आय पनि १ हजार ८५ अमेरकी डलर पुग्ने विभागले अनुमान गरेको छ। अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९ अमेरिकी डलर थियो । अघिल्लो वर्षको वृद्धिदर ६.७ प्रतिशत मात्र थियो । विश्वव्यापी महामारी तथा यसको रोकथामका लागि अपनाइएको लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गर्ने विभागले अनुमान गरेको छ ।

विभागले पर्यटन क्षेत्र बाहेक अरु छिट्टै सूचारु हुने अनुमान छ । धानको उत्पादनमा आएको कमी, आपूर्ति प्रणालीमा अवरोध हँुदा तरकारी तथा मासु, दूध उत्पादन तथा उपभोगमा केही कमी आउने छ । गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने विभागको अनुमान छ । त्यस्तै उद्योग क्षेत्रको वृद्धिदर यो वर्ष ऋणात्मक हुने विभागको अनुमान छ ।

पर्यटन ठप्प तथा आवागमन प्रभावित भएपछि यातायात तथा सञ्चार क्षेत्रमा पनि २ प्रतिशतले कमी आउने विभागले अनुमान गरेको छ । विभागले वित्तीय मध्यस्थता सेवा, रियल स्टेट तथा भाडा व्यापार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केही वृद्धि हुने अनुमान गरेको छ ।

आर्थिक बर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्याङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ