महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा कार्यक्रम गरी ढकालले आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्राउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि भएको बताए ।

उनले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविश्यमा उद्योगी व्यवसायीहरु करको ठूलो मारमा पर्ने बताए । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान र उपचार हुनुपर्ने मान्यता आफुले राखेको उनले बताए ।

उनले भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायिक र गतिशील समूह बन्ने र उक्त समूहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई एक र एक जोडेर ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ