भेरी–बबईमा सुरुङ हस्तान्तरणको तयारी



सुर्खेत । निर्माण पूरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने भएको छ । सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनीयरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने भएको हो ।
चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक)ले टनेल बोरिङ मेशिन (टिबिएम) को सहायताले १२ किमी २१० मिटर सुरुङ खनेको थियो । गत वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर कृष्णप्रसाद उपाध्यायले बायो इञ्जिनीयरिङको काम सकिएलगत्तै कोभेकले सुरुङ हस्तान्तरण गर्ने जानकारी दिए । उनले यी सबै कामका कम्तीमा डेढ महिनाभित्र सकिने र त्यसपछि आयोजनालाई टनेल हस्तान्तरण गरिने बताए ।

चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए । टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको हो ।

आयोजनाका अनुसार हाल सुरुङ (टनेल) फिनिसिङको कार्य पूरा भएको छ । यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्नेलगायतका काम पर्दछन् । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्दछ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर (सिडिइ) उपाध्यायले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको बताउनुभयो । दोस्रो चरणको ठेक्का अन्तर्गत बाँध (ड्याम) र विद्युत् गृह (पावरहाउस) निर्माणको कार्य शुरु भइसकेको छ ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच यही साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो