कर्मचारीका कारण माथिल्लो तामाकोशी आयोजना तोकिएको समयमा पूरा नहुने



दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरुपमा फाइदा पुग्ने कर्मचारीमा देखिएको मनोवृति कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयवासीको आरोप छ ।

तीन वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेका नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए । “यस पटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ”, उनले भने, “जनताले बुझाएको राजश्वको उपहास गर्र्दै तामाकोशी जलविद्युत् आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।”

दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले दाबी गरे । उनले भने, “पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ ।” वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्ने उनले बताए ।

नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ । आयोजनाको लागत ७० अर्ब माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब ५० अर्ब खर्च भइसकेको छ ।

सुरुङ तथा पेनस्टक पाइपको परीक्षण सफल गरी असार मसान्त सम्ममा विद्युत्गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन शुरु गर्ने र बाँकी पाँचै वटा युनिटमा गर्दा असोज महिना लाग्ने उनको भनाइ छ । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी असोजभित्र सम्पन्न गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै

गलेश्वर । म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण