श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु



काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्राएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो ।

हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ । छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बा्र्डियरले उत्पादन गरेको जहाज हो । यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो । यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु

जनतामा आशा जगाउने गरी बजेटको तयारी गर्नुस्ः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र