व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधार अझै तयार हुन नसकेको उद्योगीको गुनासो



काठमाडौं । उद्योगी व्यवसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको गुनासो गरेका छन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारका नीतिका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएको र पछिल्लो समय पाम आयलको निर्यात बढेका कारण व्यनपार घाटामा सुधार देखिएकोान केही दिनयता पाम आयल पनि निर्यात हुन नसक्दा व्यापार घाटा फेरि बढ्ने निश्चित भएको बताए । उनले नेपालबाट निर्यात हुने अलैंची, अदुवा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको र तुलनात्मक रुपमा सूची बनाएर गरिएको व्यापारमा उक्त सूचीले समेत काम गर्न नसकेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा इ पेमेन्टको व्यवस्था कसरी व्यवस्थित गर्ने र व्यवसायीहरुले पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले यो काम गर्न नसके भन्सारमा नै खाता खोली कारोबार गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले वस्तु निर्यात गर्ने हाउसले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्ने बताए । उनले जसरी उद्योगले वस्तु उत्पादन गर्दा इन्सेन्टिभ पाउँछ त्यसरी निै निर्यात गर्ने संस्थालाई पनि सरकारले इन्सेन्टिभ दिनुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक सय रुपैयाँको मूल्यको वस्तुको आयात गर्दा बैंकहरुमार्फत कम मूल्यमा एलसी खोलाउने र सोही अनुसार वस्तु ल्याउने भएकाले अब बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय