कुमारी बैंकले देवःलाई प्राप्ति गरेपछि चुक्तापुँजी साढे १२ अर्ब पुग्ने



काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । यस सम्बन्धमा दुई बैंकबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा कुमारी बैंकका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली र देव विकास बैंकका सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले हस्ताक्षर गरे । दुवै आआफ्नो बैंकका प्राप्ति तथा मर्जर समितिका संयोजक हुन् ।

समारोहमा दुवै बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए ।

प्राप्तिपछि कुमारीको चुक्तापुँजी १२ अर्ब ५० करोडभन्दा बढी, निक्षेप १ खर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी हुने बताइएको छ । बैंकका शाखा संख्या २ सय हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट

  काठमाडौँ । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले एक

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा

मुगुस्थित चीनसँगको ‘नाक्चे लाग्ना’ नाका दुई साता खुल्ने

मुगु । मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने

शेयर बजारमा  उच्च अंकको गिरावट, १६ अर्ब २० करोडको कारोबार

काठमाडौँ । यो साता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो