सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको निर्देशन



काठमाडौं । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई निर्देशन दिएकी हुन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको जानकारी दिइन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,’ प्रवक्ता भट्टराईले भनिन्, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ । कार्यक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला लाभान्वित हुने मौद्रीक नीति ल्याउन आग्रह

काठमाडौं । लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण

खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने सङ्घको चेतावनी

काठमाडौं । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले

निषेधाज्ञाका कारण पर्सामा भएन गहुँ खरीदको लक्ष्य प्राप्ति

वीरगंज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय

सर्लाहीमा मल वितरणमा लगाइएको प्रतिबन्ध फुकुवा

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको