तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई प्रदान गरिने



काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जना श्रष्ठालाई प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए ।

सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही २५ हजार रहेको छ। विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ ।

स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ । १० वर्षको उमेरदेखि गीत गाउन थालेको गायिका तारादेवीले करिब ३ हजार ५ सय गीतमा स्वर र संगीत दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक्लै पनि जिन्दगी’ लिएर आइन् एलिना

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक भएको छ

शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने

काठमाडौं। सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर चलचित्र ‘ल्हो-छाम्पा’

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

ढोरपाटन (बागलुङ)। निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने

संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नाच प्रतियोगिता

म्याग्दी ।  म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र