ग्रामीण परिवेशको कथामा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ छिट्टै प्रदर्शनमा आउने



काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ ।

छायाँकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्मको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

फिल्मको निर्माण टिमले सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ ।

ग्रामीण परिवेशको कथामा फिल्म बनेको पोस्टरले बुझाउँछ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ । यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । उनले निर्देशन गरेका दुवै फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ ।

निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

काठमाडौं । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ,

चलचित्र विकास बोर्डलाई प्राप्त भए ‘७२ पटकथा’

काठमाडौँ । चलचित्र विकास बोर्डले सुरुवात गरेको पटकथा सङ्ग्रहालयमा चलचित्रमार्फत उत्साहक रुपमा पटकथाहरू

‘सोल्टिनी’ आगामी संविधान दिवसमा रिलिज हुने

काठमाडौं । अर्जुन सुवेदीको निर्देशनमा नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरिएको छ । परिचयात्मक

फिल्म ‘पीआर’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ ।